Logo

बागमती पेज

आश्विन ६, २०७७ मंगलबार

चन्द्रागिरिबाट २ केजी चरेशसहित एकजना पक्राउ


काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ ईन्चाटोलबाट २ केजी चरेशसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको टोलीले मकवानपुरको थाहा नगरपालिका–७ पाखुरे घर भएका सुबिन्द्र स्याङ्तानलाई पक्राउ गरेको हो । सुराकको आधारमा नियन्त्रणमा लिएर खानतलासी लिँदा उनको साथबाट २ किलो चरेश बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

शुक्रवार साँझ पक्राउ गरेर उनलाई लागुऔषध नियन्त्रण ऐन–०३३ अनुसार अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । सुबिन्द्र चन्द्रागिरि–१२ मा डेरा लिएर बस्दै आएका थिए ।