Logo

बागमती पेज

आश्विन १७, २०७७ शनिबार

युवराज खतिवडा अमेरिकासहित अन्य ६ देशको राजदूतमा पनि सिफारिस


Dr. Youbraj Khatiwoda https://bagmatipage.com/

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष, पूर्व गर्भनर, पूर्व राष्ट्रियसभा सदस्य, पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका पूर्व मुख्य आर्थिक सल्लाहाकारलाई अमेरिकाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।