Logo

बागमती पेज

आश्विन १८, २०७७ आईतबार

कोरोनाका कारण नेकपा सचिवालय बैठक अनिश्चित


काठमाडौं । आज आइतबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ । बैठक साँझ ४ बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई कोरोनासंक्रमण पुष्टि भएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो ।

‘बैठक स्थगित वा सरेको भनेर सूचना आइसकेको त छैन, तर प्रधानमन्त्रीको सचिवालयका ५ जना सदस्यहरुलाई कोरोना भाइरस पुष्टि भएपछि अनिश्चितता बढेको छ । यस्तो अवस्थामा बैठक सार्दा राम्रो हुन्छ,’ एक सचिवालय सदस्यले भने, ‘बरु एकदुई दिनपछि बस्दा पनि फरक पर्दैन ।’

शनिबार सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले तत्काललाई सबै किसिमका भेटघाट बन्द गरिसकेका छन् । मन्त्रिपरिषद पुनर्गठन, विभिन्न नियुक्ति, पार्टी एकता लगायतका विषयमा निर्णय गर्न बैठक डाकिएको थियो ।