Logo

बागमती पेज

आश्विन २२, २०७७ बिहीबार

नेपालमै पहिलो पटक अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स ‘एनबीटीसी’ सञ्चालनमा


NBTC Kalanki Bagmatipage...

काठमाडौं । नेपालमै पहिलो पटक सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स (नेशनल विजनेश ट्रेड सेन्टर) एनबीटीसी  काठमाडौंको कलंकीमा आजबाट सञ्चालनमा आएको छ ।

ग्राहकले काठमाडौंको विभिन्न स्थानमा सामान किनमेल गर्दा आइपर्ने विभिन्न झमेलाहरूको समाधान गर्ने उद्देश्यले कोरोना महामारीको बीचमा पनि कम्प्लेक्स सञ्चालनमा ल्याएको एनबीटीसीले जनाएको छ ।

ग्राहक र व्यवसायीहरूबीच ५ वर्षसम्म अनुसन्धान गरी निष्कर्षका आधारमा सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न विजनेश कम्प्लेक्स निर्माण गरिएको हो । यसका मध्यम वर्गिय व्यापारीहरूको विविध समस्याको समाधान गर्ने उद्देश्यका साथ यस नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको एनबीटीसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए ।

उनका अनुसार काठमाडौंको कलंकी र बल्खुबीचमा भाटभटेनीको नजिकै रहेको यस विजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै, पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको यस कम्प्लेक्समा करिव ९ सय वटा पसल सटरहरु रहेका छन् ।

‘कम्प्लेक्समा गुणस्तरीय सामान सर्वसुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले विजनेश कम्प्लेक्समा महिला र पुरुष दुवैका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, व्याग, कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, अन्डर गार्मेन्ट, टावेल, ब्लयाङकेट, कस्मेटिक्स, गिफ्ट आइटम इत्यादि सामानहरु एउटै छानामूनि सरल र सुलभदरमा खरिद गर्न सकिने छ,’ अध्यक्ष बज्रचार्यले भने ।

थर्ड जेनेरेशनलाई टार्गेट गरी संचालनमा ल्याइएको यस विशेष कम्प्लेक्समा ३ वटा सिनेमा हल, करिव १० हजार स्वायर फिटका फुड कोर्ट, ६८ हजार स्वाक्यर फिटको कर्पाेरेट अफिसलगायतका पूर्वाधारहरु निर्माणका क्रममा रहेको बज्राचार्यले जनाएका छन् ।

देशका ७७ वटै जिल्लालाई सहुलियत गर्ने उद्देश्यले सञ्चालनमा आएको यस होलसेल बिजनेश कम्प्लेक्सले ग्राहक र व्यापारीबीच गहिरो सम्वन्ध स्थापित गर्ने उद्देश्य लिएको छ । सोही बमोजिम यस कम्प्लेक्सले सबै प्रकारका प्रडक्टलाई समेटेर ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याउने तयारी गरिरहेको छ ।

यस्तै यस कम्प्लेक्समा खरिद गरिएको सामानहरु जिल्लाबाहिर लैजानु पर्याे भने पनि त्यसका लागि सर्वसुलभ मूल्यमा ढुवानीको व्यवस्था गरिएको छ । निकट भविष्यमा शपिङ कार्डको सुविधा उपयोग गरी सुलभ र सरल तरिकाले सामान खरिद विक्रि गर्न सकिने योजना रहेको कम्पनीले जनाएको छ ।