Logo

बागमती पेज

कार्तिक ३, २०७७ सोमबार

संक्रमितको निःशुल्क उपचार गर्न अनेरास्ववियूका सह-संयोजक तामाङको अनुरोध


काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले कोरोना परिक्षण सहित संक्रमितहरुको निःशुल्क उपचार गर्न सरकारलाई अनुरोध गरेका छन् ।

जनताले निर्वाचित गराएर भिआईपी बनेकाहरु संक्रमित हुँदा पाचतारे होटलको आईसोलेसनमा तर जनता संक्रमित हुँदा आफै उपचार गर्नु पर्ने भन्ने कुरा न्यायसंगत हुन्छ र ? भन्दै सह-संयोजक तामाङले सरकार समक्ष प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘सरकार, कोरोना परिक्षण सहित संक्रमितहरुको निःशुल्क उपचार गरियोस् । जनताले निर्वाचित गरेर भिआईपि बनेकाहरु संक्रमित हुँदा पाचतारे होटलको आईसोलेसनमा तर तिनै जनता संक्रमित हुँदा आफै उपचार गर्नु पर्ने भन्ने कुरा न्यायसंगत हुन्छ र ?’

जनताले तिरेको कर बटुलेर आसेपासे, तिनै भिआईपिलाई भत्ता दिने तर महामारीको संकटमा संबैधानिक हक पनि अनुभुत गर्न नपाउने हुन्छ र ?? आखिर राज्य केका लागी ? सरकार र जनताको सम्बन्ध ‘नङ र मासु’ जस्तो हो कि ! ”मालिक र दास जस्तो हो ??” कि निरंकुश समयका राजा र रैति जस्तो हो ? जनतालाई भ्रमित हुन नदेउ । जनता आफैले लडेर स्थापित गरेको व्यवस्थाबाट निरास भई मन्दिर, मस्जिद र गुम्बामा पुगेर टाउको ठोकेर रुने दिन आउन नदेऊ सरकार । समय बलवान छ…

https://www.facebook.com/ranjittamangOfficial/posts/2767599820173160