Logo

बागमती पेज

कार्तिक ५, २०७७ बुधबार

माडीका भलिवल खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण


चितवन । माडी नगरपालिकाका भलिवल खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । मंगलबार साहारा युथ क्लबद्वारा आयोजित दशैको शुभकामना आदानप्रदान तथा खेल सामाग्री हस्तान्तरण कार्यक्रममा माडी नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष रामबन्धु पोखरेल, नगरखेलकुद प्रशिक्षक डिलकुमारी नेपालद्वारा संयुक्तरुपमा खेलाडिहरुलाई भलिवल, क्याप लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।

माडी नगरपालिकाको युवा खेलकुद तथा साँस्कृतिक समितिका अध्यक्ष एवं वडाध्यक्ष रामबन्धु पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भलिवल हस्तान्तरण कार्यक्रममा अध्यक्ष पोखरेलले आफुले खेलाडीलाई सक्दो सहयोग गर्ने बताएका छन् । उनले नजिकिदै आएको दशैसँगै यस्तो सहयोगी मन अझै बढ्दै जाने र आगामी दिनमा सबै खेलका लागि हरेक क्षेत्रमा आफुले महत्त्वपूर्ण भुमिका खेल्ने समेत प्रतिबद्दता व्यक्त गरेका थिए ।

शुभकामना मन्तब्य राख्दै माडी नगरपालिकाकी खेलकुद प्रशिक्षक नेपालले बडा दशैको शुभकामना दिँदै खेलाडीहरु लगायत क्लबका सम्पूणर् खेलप्रेमीलाई धन्यवाद व्यक्त गरेकी थिईन् । त्यस्तै स्थानीय पबित्र बिकले शुभकामना आदानप्रदानसँगै माडी साहारा क्लबका अध्यक्ष थापाको सक्रियतामा माडी उपत्यकाभित्रका सबै वडाका भलिवल खेलाडीहरुलाई यसरी नै सहयोगि हातहरु अघि बढनुपर्ने बताइन् ।

कार्यक्रममा युवा समाजससेवी कृष्ण बहादुर खड्का, साहारा युथ क्लबका नवीन घिमिरे, समाजससेवी एंवम् शिक्षा प्रेमि खेम नारायण पौडेल लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी आयोजकले भलिवल खेल सामग्री प्राप्त गरेको क्लबका प्रतिनिधीहरुले क्लबलाई सहयोग गरेकोमा सहयोगदाताहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।