Logo

बागमती पेज

कार्तिक १६, २०७७ आईतबार

जुवा खालबाट पक्राउ परे पूर्व राज्यमन्त्री


काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भुकाे टाेलीले जुवा खालबाट पूर्व राज्यमन्त्री सहित १० जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई जुवा खालबाट नियन्त्रणमा लिएकाे हाे ।

जुवा खालबाट १ लाख ५३ हजार ५०० रुपैयाँ पनि बरामद भएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । रायसँगै पक्राउ पर्नेमा भोजपुरका पर्वत भण्डारी, धादिङका सन्तोष लामा, काभ्रेका उत्तरकुमार लामा, सविन लामा, धर्मलाल तामाङ, जितपुर लामा लगायत छन् ।

खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री भएका थिए । २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।