Logo

बागमती पेज

मंसिर ८, २०७७ सोमबार

काठमाडौँ प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुखले सम्हाले कार्यभार


काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँको कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सम्हालेका छन् । सोमबार दिउँसो एसएसपी सिंहलाई परिसरमा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले स्वागत गरेका थिए ।

यसअघि त्यहाँ कार्यरत एसएसपी श्यामलाल ज्ञवालीको आइतबार नै विदाइ गरिएको थियो । ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका सरुवा भएको छ ।

त्यस्तै सोमबार नै महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व एसएसपी जनक भट्टराईले सम्हालेका छन् । भट्टराईलाई निवर्तमान ट्राफिक प्रमुख एसएसपी भीम प्रसाद ढकालले स्वागत गरेका थिए ।

एसएसपीद्वय सिंह र भट्टराईको शुक्रबार गृहमन्त्रालयले नियमित सरुवा गरेको थियो । उनीहरु दुवैजना प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थिए ।

त्यसैगरी आजै काठमाडौँ प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टलाई प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिदिएको छ ।