Logo

बागमती पेज

मंसिर २२, २०७७ सोमबार

रमेश प्रसाईं र नन्दा सिंह बाँधिए वैवाहिक बन्धनमा


काठमाडौं । चर्चित वक्ता तथा गायक रमेश प्रसाईं र नन्दा सिंह वैवाहिक बन्धनमा बाँधिएका छन् । हाल राजधानी काठमाडौंमा बसेर समाजसेवा गरिरहेकी सिंहसँग रमेशले विवाह गरेका हुन् ।

मेचीनगर–१० काँकरभिट्टास्थित निवासमै आज बेहुली भित्र्याइँदै छ । बिहान ९ बजे काँकरभिट्टाबाटै ३ वटा गाडीमा जन्ती लिएर रमेश धरान गएका छन् ।

दुलाहीलाई काँकरभिट्टाकै घरमा आज बेलुका भित्र्याइँदैछ । धरानमा बसेर अध्ययन गरेका प्रसाईंको निजी घर काँकरभिट्टामा हो ।

घरमा बुवा, आमा र भाइबहिनीहरु बस्दै आएका छन् ।