Logo

बागमती पेज

मंसिर २९, २०७७ सोमबार

समाजसेवी भण्डारीद्वारा दिवंगत आमाको नाममा अक्षय कोष स्थापना


काठमाडौं । काठमाडौं बसेर विभिन्न ठाउँमा सहयोग गर्दै आएकी समाजसेवी सुशीला बस्नेत भण्डारीले आफ्नो गाउँ आफैं बनाउँ भन्ने उदेश्यका साथ सर्लाहीको ईश्वरपुर नगरपालिका-३ को सामुदायिक विद्यालयमा दिवंगत आमाको सम्झनामा अक्षय कोष स्थापना गरेकी छन् ।

उनले दिवंगत आमा मीरा देवी बस्नेतको नामबाट सरस्वती माध्यमिक विद्यालय भक्तिपुरमा ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । भण्डारीले सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ र प्रधानाध्यापक सीताराम दाहाललाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।

सो अक्षय कोषमा जम्मा गरिएको रकमको ब्याजबाट विद्यालयमा गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति वितरण गरिने प्रधानाध्यापक दाहालले बागमती पेजलाई जानकारी दिएका छन् ।

व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले यश किसिमको उदाहरणीय कार्यको प्रसंसा गर्दै धन्यवाद दिए ।