Logo

बागमती पेज

पुस ३, २०७७ शुक्रबार

मेयर महर्जनको नेतृत्वमा ‘पिस थ्रु स्पोर्टस’ कमिसन गठन


काठमाडौं । नेपाल ओलम्पिक कमिटीअन्तर्गत ‘पिस थ्रु स्पोर्टस’ कमिसनको गठन भएको छ । कमिसनको अध्यक्षमा कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जन रहेका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको अवसरमा शुभकामना व्यक्त गरे । त्यस अवसरमा कमिसन अध्यक्ष महर्जनले खेलकुदको माध्यमबाट समाजमा शान्ति स्थापनाका लागि विभिन्न कार्यक्रम हुने बताएका छन् ।

कमिटीको सदस्यमा अन्जु भट्टराई, चन्द्रप्रकाश घर्ति, ज्ञानेन्द्र महर्जन, कृष्ण घिसिङ, नयना शाक्य, ऋतु ग्याम्दाङ, समिरबहादुर सिंह, सूर्यबहादुर जोशी, उपेन्द्र थापा र युवराज सुनुवार हुनु हुन्छ । यस्तै शुष्माराज भण्डारी विशेष आमन्त्रित सदस्य रहेका छन् ।