Logo

बागमती पेज

पुस ४, २०७७ शनिबार

निरन्तर घट्दै तापक्रम: काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री नजिक, जुम्लामा माइनस ७


काठमाडौं । नेपालमा हाल उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ ।

केही दिनदेखि देशभर चिसो बढ्दो क्रममा रहेको छ । काठमाडौं उपत्यकामा पनि तापक्रम गिर्दो अवस्थामा रहेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम अहिलेसम्मै कै कम १.६ डिग्री सेल्सियस पुगेको छ । काठमाडौँको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ ।

नेपालमा अहिले सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको छ भने जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ ।

दिपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ । ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ ।