Logo

बागमती पेज

पुस ८, २०७७ बुधबार

बूढानीलकण्ठ-१२ मा सार्वजनिक सुनुवाई: ‘जनप्रतिनिधिको कामको प्रशंसा’


काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडा अध्यक्ष शम्भुप्रसाद भट्टराईको अध्यक्षता तथा प्रदेश सांसद कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यतामा वडाले मंगलवार सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

नागरिकको प्रश्न, प्रतिक्रिया र गुनासो सहितका सवालमा शुसासन, पारदर्शीता र जवाफदेहीता सहित आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमादेवी राई लगायतका सरोकारवाला सहित स्थानीयको उल्लेख्य उपस्थिती थियो ।

कार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनीले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा सदस्य पुरुषोत्तम नेपालले वडामा भएको भौतिक विकासको प्रगति र वडा सचिव मनिष भट्टराईले सेवा प्रवाह र प्रशासनिक सेवाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बुनपा १२ का टोलसुधार समिति, महिला सञ्जाल, युवा तथा सामाजिक क्षेत्रका अगुवाहरुले वडाको विकास निर्माणमा स्थानीय तहका जनप्रतिनिधिले गरेको कामको चोतर्फि प्रशंसा गरेका थिए । कार्यक्रमका अतिथि र सबैजसो वक्ताले १२ नम्बर वडाका जनप्रतिनिधिले अब्बल काम गरेको भन्दै प्रशंसा गरेका हुन् ।

सहभागीले उठाएका सवालमा वडाअध्यक्ष भट्टराई र नगरप्रमुख खरेलले जवाफ दिएका थिए । उक्त कार्यक्रम विशेष सामाग्री बुधबार साँझ ६ः३० र विहिबार बिहान ९ः३० मा प्राइमटाइम्स टेलिभिजनमा कार्यक्रम समृद्धि मार्फत प्रशारण हुनेछ । कार्यक्रमको संयोजन पब्लिक इन्ट्रेष्ट मिडियाले गरेको थियो ।