Logo

बागमती पेज

पुस ९, २०७७ बिहीबार

नेकपा अध्यक्ष प्रचण्ड र चिनिया राजदूत यान्छीबीच भेटवार्ता


काठमाडौं । नेपालस्थित चिनिया राजदूत हाउ यान्छी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमपछि राजदूत यान्छीको राजनीतिक भेटघाट तीव्र बनेको छ । प्रचण्डसितको भेटमा यान्छीले देशको पछिल्लो राजनीतिक घटनाक्रम र नेकपामा देखिएको राजनीतिक फुटका सम्बन्धमा कुराकानी भइरहेको छ ।

यान्छीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसित पनि भेटघाट गरेका थिए ।