Logo

बागमती पेज

पुस १५, २०७७ बुधबार

निर्मल कुइकेलको कमाण्डमा अगुवा कार्यकर्ता भेला हुँदै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली र प्रचण्ड-नेपाल पक्षले आ-आफ्ना गुट भेला तथा विभिन्न नारा जुलुस लगाइ रहेका छन् । त्यसै सन्दर्भमा ओली पक्षले काठमाडौं क्षेत्र नं. ४ मा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

नेकपा केन्द्रीय सदस्य तथा नेकपा काठमाडौंका पूर्व अध्यक्ष निर्मल कुइकेलको कमाण्डमा भेला हुने भएको हो । काठमाडौं जिल्लाको नेतृत्वमा रहेर लामो समयदेखि सक्रिय रहेका कुईकेल काठमाडौंमा कुशल संगठक र कार्यकर्ताबीच लोकप्रिय नेताका रुपमा परिचित छन् ।

ताजा जनादेशका लागि जनताको माझमा जाने प्रधानमन्त्रीको निणर्यलाई समर्थन गर्दै पुस १६ गते २ बजे चावहिल स्थित ए वान पार्टी प्यालेसमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको जानकारी दिँदै नेता कुइकेलले उपस्थितिका लागि अनुरोध गरेका छन् ।

भेलालाई नेपाल कम्युनिष्ट पार्टीका नेता टोप बहादुर रायमाझी, कृष्ण गोपाल श्रेष्ठ, डा.राजन भट्टराई, काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य लगायतका नेताहरुले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।