Logo

बागमती पेज

पुस १९, २०७७ आईतबार

टोखामा जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान


काठमाडौं । टोखा नगरपालिकाले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान गरेको छ । शनिबार नगर उपप्रमुख ज्ञानमाया डंगोलले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई इलेक्ट्रोनिक मग र थर्मस वितरण गर्दै सम्मान गरेकी हुन् ।

टोखा-२ का वडाध्यक्ष दिपक राज जोशीका अनुसार जाडो याममा जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई चिसो बाट बच्न सहज होस् भनि मग र थर्मस वितरण गरिएको हो । कोभिड-१९ लाई मध्यनजर गरी समय नलम्बाएको अध्यक्ष जोशीले बताए ।

टोखा-२ को आयोजनामा भएको कार्यक्रमको संयोजक तथा वडा सदस्य पञ्च कुमारी श्रेष्ठले आफू वडा सदस्य चुनिएर आउनुमा जेष्ठ नागरिकहरूको साथ, सहयोग र आशीर्वाद रहेको बताईन् । उनले हिजोको दिनमा टोखा विकासमा उहाँहरुको महत्वपूर्ण योगदान रहेकोले यस्ता कार्यक्रम गर्न पाउँदा आफू उत्साहित भएको बताईन् ।