Logo

बागमती पेज

पुस २४, २०७७ शुक्रबार

संविधानको धारासहित नेकपा सिन्धुलीद्वारा प्रधानमन्त्रीलाई विरोध पत्र


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले संविधानको धारा सहित प्रमुख जिल्ला अधिकारी मार्फत विरोध पत्र बुझाएको छ ।

बागमती प्रदेश सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालका अनुसार संविधानको उल्लघंन गरी असंबैधानीक, अलोकतान्त्रीक एवंम स्वेच्छाचारी ढंगवाट प्रतिनीधिसभाको विघटन गरी प्रतिगामी कदम चालेपछि त्यसप्रति घोर आपत्ती प्रकट गर्दै विरोध पत्र बुझाइएको हो ।

अध्यक्ष दाहालले भने, विरोध पत्रमा जुन संविधानको धाराको ब्याख्या गरेर प्रतिनीधि सभा विघटन गरिएको छ, उक्त धाराको पुनःअध्ययनका लागि सो धाराको प्रतिलिपी सहित प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाएका हौं ।

विरोध पत्र बुझाउँदै नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले संघिय लोकतान्त्रीक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न र वर्तमान असंबैधानीक कदमलाई असफल पार्न जस्तोसुकै संघर्ष र बलिदानी गर्न समेत तयार रहेको चेतावनी दिएका छन् ।

विरोध पत्र बुझाउँन नेकपाका स्थायी समिति सदस्य तथा सांसद हरिबोल गजुरेल, नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुलीका सहइन्चार्ज कमलजंग राई, नेकपाका केन्द्रीय सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहाल, नेकपा बागमति प्रदेश कमिटिका सदस्य तथा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री लगायत प्रचण्ड-नेपाल समुहका नेता कार्यकर्ताहरु लगायतको उपस्थितिमा विरोध पत्र बुझाईएको थियो ।