Logo

बागमती पेज

माघ २, २०७७ शुक्रबार

मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुँदै


काठमाडौं । मोबाइल ब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुने भएको छ ।

मोबाइल मनी सेवा सञ्चालन अनुमति माग्दै डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले राष्ट्र बैंकमा निवेदन दिएको छ । यो नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकले संयुक्त रुपमा स्थापना गरेको कम्पनी हो ।

संयुक्त रुपमा स्थापित कम्पनीले मोबाइल मनी सेवा सञ्चालनका लागि आवश्यक भौतिक र प्राविधिक संरचना तयार गरी अनुमति माग्दै राष्ट्र बैंकमा निवेदन दिएको हो ।