Logo

बागमती पेज

११ माघ २०७७, आइतबार

नेकपा काठमाडौं महानगरपालिका-७ को अगुवा कार्यकर्ता भेला सम्पन्न


काठमाडौं । नेकपा काठमाडौं महानगरपालिका-७ को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य, नेकपा महानगरपालिका अध्यक्ष निर्मल देउला, नेपाल स्काउटका संयोजक लोक बहादुर भण्डारी, लगायत अतिथि रहेका थिए ।

नेकपा वडा नं ७ वडा कमिटीका अध्यक्ष दिपेन्द्र पुडासैनीको अध्यक्षतामा भएको भेलामा वडा नं ७ का नेकपा ओली पक्ष समर्थक नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

बाबुराम गौतमको संचालनमा भएको भेलाका वक्ताहरुले नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद र आगामी दिनमा नेता तह कार्यकर्ताहरुले खेल्नुपर्ने भूमिकाका वारेमा प्रशिक्षण दिएका थिए ।