Logo

बागमती पेज

माघ १६, २०७७ शुक्रबार

गैसस महासंघ सिन्धुलीको अध्यक्षमा अधिकारी र उपाध्यक्षमा पहाडी निर्वाचित


सिन्धुली । गैरसरकारी संस्था महासंघ सिन्धुली शाखाको अध्यक्षमा खेटराज अधिकारी र उपाध्यक्षमा नवराज पहाडी निर्वाचित भएका छन् ।

गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य संजय कुमार दाहालको उपस्थतिमिा माघ १६ गते सिन्धुलीमा सम्पन्न भएको भेलाबाट शाखाको छैटौं अधिवेशनले अध्यक्षमा सहकार्य नेपाल सिन्धुलीका अध्यक्ष अधिकारी र उपाध्यक्षमा सामूहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष पहाडीलाई निर्वाचित गरेको हो ।

त्यसैगरी सचिव उत्पल खड्का, कोषाध्यक्ष मेघराज कार्की र सहसचिव सुस्मा भुजेल सहित १३ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरिएको छ ।

नव निर्वाचित पदाधिकारीहरुः

अध्यक्ष: खेटराज अधिकारी
उपाध्यक्ष: नवराज पहाडी
सचिव: उत्पल खड्का
कोषाध्यक्ष: मेघराज कार्की
सहसचिव: सुस्मा भुजेल

पदेन् सदस्य: वेदराज दाहाल

सदस्यहरुः
बुद्ध कुमार आक्षामी
हिरणलाल अधिकारी
पार्वती भट्टराई
ऐती क्षेत्री
सकुन्तला राई
संजित कार्की
रेशम पोखरेल

भेलामा गैससहरु सरकारका साझेदार र पुरक रहेको हुनाले राज्य र गैसस दुवै पक्षले एक अर्काको अस्तित्वलाई स्वीकार गरेर नयाँ बनेको संरचनामा पनि साझेदारी गरेरै आर्थिक तथा भौतिक विकासमा लाग्नु पर्ने कुरामा जोड दिईएको थियो ।