Logo

बागमती पेज

माघ १७, २०७७ शनिबार

अनेरास्ववियू महेन्द्र मोरङ क्याम्पस कमिटी पुनर्गठन


काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको महेन्द्र मोरङ क्याम्पस कमिटी पुनर्गठन गरिएको छ ।

महेन्द्र मोरङ क्याम्पसमा आयोजित भेलाले जोसेफ घिमिरेको संयोजकत्वमा क्याम्पस कमिटी पुनर्गठन गरेको हो । घिमिरेको संयोजकत्वमा ७६ सदस्यीय कमिटी गठन गरिएको छ ।

अनेरास्ववियू केन्द्रीय कार्यालयका सदस्य भाष्कर खनालको प्रमुख आतिथ्यता र केन्द्रीय सचिवालय सदस्य गोकणर् घिमिरेको बिशेष आतिथ्यता, त्यस्तै अनेरास्ववियू केन्द्रिय सदस्यहरु क्रमशः लक्ष्मण पोखरेल, आरति भट्टराई, तुलसी घिमिरे, बन्दना बानिया र नवीन निरौला लगायतको उपस्थितिमा क्याम्पस कमिटी गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथी खनालले समग्र देशको राजनैतिक अवस्था लगायत अनेरास्ववियू महेन्द्र मोरङ क्याम्पस कमिटीको अबको कार्यदिशाका बारे प्रकाश पारे । उनले अनेरास्ववियू रचनात्मक तबरले अघि बढ्ने र विद्यार्थीका समस्याको समाधान गर्न लागि पर्ने निर्देशन सहित प्रशिक्षण दिएका थिए ।