Logo

बागमती पेज

माघ २१, २०७७ बुधबार

अनेरास्ववियुद्वारा काठमाडौंमा चक्काजाम (तस्विरमा हेर्नुहोस्)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूह यतिबेला आन्दोलित रहेको छ ।

प्रचण्ड-माधव समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत आज विद्यार्थीहरुले राजधानीमा संसद् भवनअगाडि आधा घण्टा चक्काजाम गरेको थियो ।