Logo

बागमती पेज

फाल्गुन २९, २०७७ शनिबार

शरीरमा निलडाम र मुखबाट रगत बगेको अवस्था टोखामा शव फेला…


काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-१ मा एक युवकको शव फेला परेको छ ।

शनिबार बिहान टोखास्थित मालुङ्ग साङ्गला ढलान सडक नजिकै रहेको बाँसको झाँङ्गमा एक युवकको शव फेला परेको हो ।

शवको साथबाट मोरङ्गमा बेलबारी स्थायी ठेगाना र वर्ष २५ को आशिष लिम्बुको नाम रहेको परिचयपत्र फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले बताए ।

मृतकको शरिरमा निलडाम र मुखबाट रगत बगेको हुँदा हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।