Logo

बागमती पेज

चैत्र १०, २०७७ मंगलबार

चुरोट खाने पैसा जम्मा गरेर अपाङ्ग विद्यार्थीलाई सहयोग


काठमाडौं । लायन्स क्लब अफ काठमाडौं टि कपनका पूर्व अध्यक्ष एवं डिष्ट्रिक ३२५ बि १ का चेयरपर्सन ठाकुर प्रसाद खकुरेलले आफ्नो जन्मोत्सवको अवसरमा अपांग बालबालिकाहरुलाई खाना खुवाएर शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।

समाजसेवी ठाकुर प्रसाद खकुरेलले आफूले चुरोट खाने पैसा जम्मा गरेर अपाङ्ग विद्यार्थीलाई सहयोग गरेका हुन् । समाजसेवी ठकुरेलले बार्षिक रुपमा चुरोट खाने पैसा जम्मा गरेर विभिन्न विद्यालयका विद्यार्थीहरुलाई वार्षिक रुपमा सहयोग गर्दै आएको जानकारी गराए ।

उनी भन्छन्, ‘मैले विगत १३ वर्ष देखि वार्षिक रुपमा चुरोट खाने पैसाले जन्मउत्सबको अवसर पारी विभिन्न विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छु ।’

६४ औं जन्म दिनको अवसर पारेर समाजसेवी शनिबार ठाकुर प्रसाद खकुरेलले बाल अपाङ्ग टेवा संस्थाका अपाङ्ग विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । शैक्षिक सामग्री वितरण गर्दै उनले विद्यार्थीहरुलाई पढाईमा ध्यान दिन अनुरोध गरेका थिए ।

खकुरेलले आफुले जीवनमा चुरोट सेवन गर्ने बानी र कुलतलाई त्यागेर त्यो रकमले सानोतिनो भएपनि उदाहरणीय सामाजिक कार्य गर्न सकिन्छ भनेर नै प्रत्येक बर्ष आउने जन्मदिनको अवसरमा यस्तै सेवामूलक काम गर्दै आएको बताए । समाजसेवी खकुरेलले यसबाट अरुलाई पनि शिक्षा मिल्ने आशा गर्दै आफुसंग भएको कुनैपनि नशालाई त्यागेर थोरैथोरै रकम जोगाएर यस्तै सामाजिक कार्यमा लाग्न समेत आग्रह गरेका थिए ।