Logo

बागमती पेज

चैत्र १७, २०७७ मंगलबार

बागमती प्रदेशसभाको संसदीय दलको नेतामा जम्मकट्टेल


हेटौंडा । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।

आज यहाँ सम्पन्न संसदीय दलको बैठकले नेता जम्मकट्टेललाई चयन गरेको बागमती प्रदेशसभा सदस्य युवराज दुलालले बागमती पेजलाई जानकारी दिए । यस्तै दलको उप नेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् ।

संसदीय दलको बैठकले प्रदेशसभामा प्रभावकारी रुपमा जनताको पक्षमा भूमिका निर्वाह गर्ने र प्रदेशसभाको भूमिकालाई थप सशक्त बनाउने निणर्य गरेको छ ।