Logo

बागमती पेज

चैत्र १८, २०७७ बुधबार

मनास्लुका अध्यक्ष गेन्द्र लामा शिक्षासेवी विशेष पुरस्कारबाट सम्मानित


काठमाडौं । मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा शिक्षासेवी विशेष पुरस्कारबाट सम्मानित भएका छन् ।

रिपोर्टस क्लब नेपालको २३ औ वार्षिक समारोहमा विगत डेढ दशक देखि शिक्षा क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याए बापत शिक्षासेवी विशेष सम्मानबाट अध्यक्ष लामालाई नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।

सम्मानित भए पछि  खुसि व्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा रिपोर्टर्स क्लबलाइ धन्यबाद दिएका छन् । अध्यक्ष लामाले सम्मान आफुलाई जन्म दिने आमा प्रेरणादायी श्रीमाया लामा पढ्न र लेख्न नसके पनि पढेर असल मान्छे बन्नु पर्छ, समाज र राष्ट्रको सेवा गर्नु पर्छ भनेर सधै प्रेरणा दिईरहने बताए । उनले असल सत्कर्ममा लगाउने, इमान्दारिता र नैतिकवानका पर्यायी धर्म गुरु उनका वुबा जबर जंग लामाको साथै निस्वार्थ ढंगले सधै साथ र सपोर्ट गर्ने परिवारका सम्पूणर् सदस्यहरु लगायत शुभचिन्तकहरु प्रति समर्पण गर्न चाहेको बताएका छन् ।

अध्यक्ष लामाले शिक्षासेवी विशेष पुरस्कार सम्मानले आफुमा थप जिम्मेवारी थपिएको महसूस गरेको गरेको बताउँदै नेपालको शैक्षिक विकास र उन्नयनमा अझ केहि गर्ने प्रेरणा मिलेको समेत बताएका छन् ।