Logo

बागमती पेज

चैत्र १८, २०७७ बुधबार

पशुपति अनेरास्ववियुको सम्मेलन आयोजक कमिटि अधिकारीको नेतृत्वमा


काठमाडौं । पशुपति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटि सम्मेलन आयोजक कमिटि गठन भएको छ ।

विद्यार्थीहरुको भेलाले संयोजक प्रकाश अधिकारी र सह-संयोजकमा सरोज खनाललाई चयन गरेको हो । उक्त भेलाले ५१ सदस्यीय सम्मेलन आयोजक कमिटि चयन गरेको छ ।

अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य सागर भट्ट, संजय दवाडी, धुर्व घिमिरे, राजकुमार महतारा लगायतका केन्द्रिय सदस्यहरुको उपस्थितिमा प्रारम्भिक सम्मेलन आयोजक कमिटि गठन गरिएकोे थियो ।

संयोजक प्रकाश अधिकारीले काठमाडौंको उत्तरपूर्वी क्षेत्रको शैक्षिक केन्द्रका रुपमा २०३७ शालमा स्थापना गरिएको पशुपति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेतृत्व गर्न नसकेको अवस्थामा चयन भएको कमिटिले संगठन र रचनात्मक गतिविधिमा जोड दिनुपर्ने बताएका छन् ।

संयोजक अधिकारीले भने -‘संगठन अझ सक्रिय ढंगले विस्तार गर्दै विद्यार्थीहरुको आवश्यक हक हितका लागि विषेश जोड दिईने छ ।’