Logo

बागमती पेज

चैत्र २६, २०७७ बिहीबार

डब्लु एल फुडले बैशाख १ बाट खाना डेलिभरी सेवा सुचारु गर्ने


काठमडौँ । पछिल्ला दिनमा नेपालको बजार प्रविधिमैत्री बन्दै गइरहेको छ । यसैबिच डब्लु एल फुडले पनि बैशाख १ नया बर्षको अबसर पारी सेवा सुचारु गर्ने भएको हो ।

(WL we link ) यो कम्पनीको नाम नै स्लोगन बाट राखियेको छ WL ले पहिलो चरनमा अनलाईन फुड होम डेलिभरी सेवा संचालनमा ल्याउदै छ । अहिले यो सेवा काठमाडौ, ललितपुर, भक्तपुर र झापामा सेवा शुरु गर्न लागिएको छ । सेवा बिस्तारै देशका प्रमुख सहरहरूमा बिस्तार गरिने कम्पनीका सञ्चालकहरुले जानकारी दिए ।

डब्लु एल एपमा जीपीएस ट्रयाकीङ सिस्टम प्रयोग गरिएको छ । जाहा सेवाग्राही हरुले चाहेअनुरुपका खाना तथा खाजाका परिकारहरु रोजेर अर्डर गर्न पाउने छन् । उक्त एपबाट फुड बाहेकका अन्य सामानहरूको सेवा पनि छिट्टै शुरु गरिने बताइएको छ ।

डब्लुएल डेलिभरी प्रा.लि द्वारा सञ्चालित डब्लु एलको एप एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट र एप्पल प्रयोगकर्ताले एप स्टोर बाट नि:शुल्क सजिलै डाउनलोड गर्न सक्नेछन् साथै वेब साइट बाट पनि चलाउन सहज छ । www.wldelivery.com र wl-food.com मा गएर पनि सेवालिन सकिनेछ ।

आफूलाई मन परेको रेष्टुरेन्टबाट अर्डर गरिएको खाने कुराहरू ताजा र सुरक्षित तवरले डेलिभरी गरिने संचालक टिमको भनाइछ । विकसित राष्ट्रहरुले प्रयोग गर्ने प्रतिस्ठित नया टेक्नोलोजी प्रयोग गरि बनाइएको र चलाउन धेरै सजिलो भएकाले यो एपको प्रयोग अधिक हुने विश्वास रहेको छ ।