Logo

बागमती पेज

बैशाख ४, २०७८ शनिबार

निक्षेप र कर्जामा एनआइसी एसिया आक्रामक, बाणिज्य बैंकहरुमा एक महिनामा सवाँ एक खर्ब निक्षेप


काठमाडौं । बाणिज्य बैंकहरुमा निक्षेप संकलन र कर्जा लगानीमा एनआइसी एसिया बैंक अगाडी देखिएको छ ।

बैंकले चैत मसान्तसम्म २ खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । दोस्रो बढी निक्षेप ग्लोबल आईएमई बैंकले संकलन गरेको छ । चैत मसान्तसम्म ग्लोबल आईएमई​ बैंकको निक्षेप संकलन २ खर्ब ५८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

फागुनमा ३८ खर्ब २६ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले एक महिनामा १ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

यता कर्जा लगानी पनि १ खर्ब ६१ अर्ब ९९ करोड एक महिनामै गएको छ । कर्जा प्रवाहमा पनि एनआइसी एसिया नै अगाडी देखिएको छ । चैत मसान्त सम्म एनआइसी एसियाले २ खर्ब ५९ अर्ब ९९ करोड लगानी विस्तार गरेको छ । एनआइसीले एक महिनामा ७ अर्ब ४७ करोड लगानी विस्तार गरेको छ ।

२७ वटा बाणिज्य बैंकहरुले चैत मसान्तसम्म ३५ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् ।