Logo

बागमती पेज

बैशाख १०, २०७८ शुक्रबार

नुवाकोटको महादेव फाँटमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालन


काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित महादेव फाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको महादेव फाँट शाखा कार्यालयको उद्घाटन बागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरे ।

उक्त शाखा कार्यालयको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्य सचेतक पाण्डेले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।