Logo

बागमती पेज

बैशाख १५, २०७८ बुधबार

आमाको सम्झनामा विपन्न वर्गका विद्यार्थीलाई सहयोग


काठमाडौं । विगत देखि नै समाजसेवामा सकृय सर्लाही-काठमाडौं सम्पर्क मञ्चकी नेतृ तथा समाजसेवी शुसिला बस्नेत भण्डारीले स्वर्गिय आमाको सम्झनामा विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेकी छन् । उनले ईश्वरपुर नगरपालिका-३ को एक विद्यालयका छात्र-छात्राहरुलाई सहयोग गरेकी हुन् ।

शिक्षा नै बिकासको मूल आधार हो, भन्ने महान सोचको साथ सधै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर राजनीति र समाज सेवामा सक्रिय रहँदै आएकी मीरा देवी बस्नेतको अल्पायुमै निधन भएको थियो ।

नेतृ बस्नेतले आफ्नी दिवंगत आमा मीरा बस्नेतको १८ औं पूण्यतिथिमा सरस्वती माध्यमिक विद्यालयका अतिविपन्न छात्र-छात्रालाई ३२ जोर स्कुल पोशाक वितरण गरेकी हुन् ।

नेतृ शुसिला बस्नेत सर्लाहीमा मात्र नभएर काठमाडौं लगायतका विभिन्न स्थानमा समस्यामा परेकालाई विगतबाट नै सहयोग गर्दै समाजसेवामा लागेकी छन् । उनले ईश्वरपुर नगरपालिका-३ का विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरेकी छन् ।