Logo

बागमती पेज

बैशाख २९, २०७८ बुधबार

योगदान राष्ट्रको लागि अभियान चितवनद्वारा निःशुल्क एम्बुलेन्स सेवा


चितवन । योगदान राष्ट्रको लागि अभियान चितवनद्वारा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरिएको छ । योगदान राष्ट्रको लागि धादिङ जिल्ला सल्लाहकार खेमराज उप्रेतीले आफ्नो निजी सवारी साधनलाई एम्बुलेन्सको रुपमा संचालन गरी स्थानीय सरकारसँग स्विकृती लिइ सर्वसाधारणलाई सेवा दिईरहेका छन् ।

योगदान राष्ट्रको लागि अभियान चितवन जिल्ला अध्यक्ष राज सिलवालका अनुसार चितवन टिमले कोरोनाका कारण अस्पताल सम्म पुग्न समस्या भएकाहरुलाई सहयोग गर्दै आएको छ ।

ल्लाहकार खेमराज उप्रेतीले भने समस्यामा परेको समयमा अहिले हामीलेसेवा गर्ने मौका पाएका छौं । देशको लागि योगदान गर्नुपर्छ राष्ट्रको लागि हामी आफू र आफ्नो लागि त सधैं गरिरहेका छौं । तर अरुकोलागि पनि केही गरौं भन्ने मनसाय रहेको समेत उनले बताए । उनले यस किसिमका सहयोग गर्न निरन्तर योगदान राष्ट्रको लागि अभियानमा आफ्नो साथ रहने जनाएका छन् । एम्बुलेन्स आवश्यक परेमा सम्पर्कको लागि ९८४१२२८२०० र ९८४५५९५८८८ सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

योगदान राष्ट्रको लागि चितवन जिल्ला कोषाध्यक्ष सुरेन्द्र धितालले कोरोना महामारीमा स्वाथ्यकर्मीको लागी अती आवश्यकिय स्वास्थ्य सामाग्रीको अभाव रहेको नवलपरासीमा सहयोग गरेका हुन् । उनले नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर १४ का वडा अध्क्षय केशव खत्रीको आग्रहमा ६ थान पिपिइ, २५० पीस माक्स, १०० पीस ग्लोभ्स र सेनीटाईजर, फेसगाड् लगायतका करीब रू २०,००० हजार बराबरको अतिआवश्यकिय स्वास्थ्य सामग्री) हस्तान्तरण गरेका थिए ।