Logo

बागमती पेज

बैशाख ३०, २०७८ बिहीबार

टोखा चण्डेश्वरी प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट राख्न प्रदेश सरकारलाई नगरपालिकाको पत्राचार


काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालमा पनि ठुलो समस्या देखा पर्न थालेको छ । यसको सतर्कताका लागि सरकारले विभिन्न जिल्लामा निशेधाज्ञा गरेको छ भने नागरिकलाई आँफै सचेत रहन आग्रह समेत गरेको छ । मुलुकमा रहेका तीन तहका सरकार मध्ये स्थानीय तहहरु यतिबेला कोरोना भाईस विरुद्धको अभियानमा तीब्र रुपमा जुटेको देखिन्छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंको टोखा नगरपालिकाले पनि निशेधाज्ञामा कडाई तथा उच्च सतर्कता अपनाएको छ ।

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि टोखा नगरपालिका अहिले निकै सशक्त ढंगले लागिपरेको छ । टोखा नगरपालिकाले बागमती प्रदेश सरकार अन्तर्गत रहेको टोखा चण्डेश्वरीको प्रदेश अस्पतालमा अक्सीजन प्लान्ट राख्नका लागि नगर प्रमुख प्रकाश अधिकारीले आज पत्राचार गरेका हुन् । नगर प्रमुख अधिकारीले भने नगरपालिकाको ६८ औं नगर कार्यपालिकाको बैठकको निणर्यअनुसार बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरिसकेका छौं ।

त्यस्तै टोखा नगरपालिकाले आज चण्डेस्वरी कोभिड आइसोलेसन सेन्टरका लागि मात्रै गृह मन्त्रालयमा ५० थान अक्सीजन सिलिण्डरका लागि पत्राचार गरेको नगरप्रमुख अधिकारीले बागमती पेजलाई जनाएका छन् ।

नगरप्रमुख प्रकाश अधिकारीले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेर गृह मन्त्रालयमा अक्सीजन सिलिण्डर उपलब्ध गराउन र बागमती प्रदेश सरकारलाई अक्सीजन प्लान्ट राख्न सहयोग गर्न गरेको हो । अक्सिजन प्लान्ट टोखा नगरपालिका र बागमती प्रदेश सरकारको साझेदारीमा राखिने भएको हो ।

टोखाको चण्डेश्वरीको प्रदेश अस्पतालमा हाल भएको २५ ओटा अक्सीजन सिलिन्डर पनि नगरप्रमुख लगायतको विशेष पहलमा उपलब्ध गरिएको हो । त्यस्तै नगरपालिकाले कोभिडका बिरामी भई गम्भीर स्वास्थ्य अवस्था भएका केही बिरामीका लागि घरमै अक्सीजन सिलिण्डर समेत पठाएको नगर स्वास्थ्य शाखाले जनाएको छ । चण्डेश्वरी प्रदेश अस्पतालमा अहिले १५ बेड सञ्चालन भइरहेपनि अक्सीजन सिलिण्डर थप गरी बेड थप्ने तयारीमा नगरपालिका लागेको छ ।