Logo

बागमती पेज

जेष्ठ २, २०७८ आईतबार

सिन्धुलीमा कोरोनाबाट थप १ को मृत्यु, ज्यान गुमाउनेको संख्या ६ पुग्यो


सिन्धुली । सिन्धुली कोभिड अस्पतालमा उपचारत कमलामाई नगरपालिका ५ गैयाटारका ८८ वर्षीय इन्द्र प्रसाद भट्टराईको नयाँ भेरिअन्टको कारण मृत्यु भएको छ ।

सामान्य ज्वरो आएको र श्वास-प्रश्वासमा समस्या देखिएपछि उपचारको लागि सिन्धुली कोभिड अस्पताल ल्याइएको थियो । उनलाई अक्सिजन दिएर राखिए पनि सन्तुलनमा आउन नसके पछि मृत्यु भएको हो ।

उनको हिजो मात्रै पिसिआर परिक्षण गर्दा कोरोना भाईरस पोजेटिभ देखिएको सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद कुमार पोख्रेलले जानकारी दिए । सिन्धुलीमा यो सँगै नयाँ भेरियन्टबाट हाल सम्म ज्यान गुमाउने को सङ्ख्या ६ पुगेको छ ।