Logo

बागमती पेज

जेष्ठ ३, २०७८ सोमबार

योगदान राष्ट्रको लागि अभियानको ‘HERO OF THE MONTH’ को उपाधि सिंह र सेढाईलाई


काठमाडौं । योगदान राष्ट्रको लागि अभियानद्वारा आयोजित CFN “HERO OF THE MONTH” को पदका बिजेता ललित सिंह ठकुरी र मिलन सेडाई रहेका छन् ।

ललित सिंह ठकुरी योगदान राष्ट्रको लागि बझाङ जिल्ला अध्यक्ष रहेका छन् साथै सिंहले निरन्तर कोरोना संक्रमणका बिरामीहरु माझ रही सहयोग गर्दै साथै योगदान राष्ट्रको लागि सुदूरपश्चिम धनगढीमा भएको प्रथामिक उपचार तालिममा पनि उनको अमुल्य योगदान रहेको थियो ।

त्यसैगरी मिलन सेडाई योगदान राष्ट्रको लागि अभियानको आजीवन सदस्य पनि रहेका छन् । साथै उनले कोरोना स्वास्थ्यकर्मीहरुलाई पिपिई सहयोगका साथ ाचयलतष्लिभ मा खटी आफ्नो निजी सवारी साधनलाई सर्वसाधारणलाई अस्पताल पुर्याउन मदत गरेका छन् ।

त्यसैगरी योगदान राष्ट्रको लागि अभियानमा कोरोना महामारीमा अतुलनीय सहयोग पुर्याउनु हुने ६ जना स्वयंसेवकरूलाई अयखष्म(ज्ञढ ऋँल् खयगिलतभभच बधबचम को उपाधिद्वारा सम्मान गरिएको छ ।
१)जीवानन्द पान्डे, दैलेख
२)अजीत कुमार कुशवाह, रौतहट
३) खेम राज उप्रेती, चितवन
४) ऊद्धव ढकाल, मकवानपुर
५) सम्योग ढकाल, मोरङ
६) मेघ राज अर्याल, रुपन्देही

सम्पूर्ण सम्मनित टिम लाई योगदान राष्ट्रको लागि अभियानका केन्द्रिय अध्यक्ष ओम उप्रेतीले हार्दिक बधाई तथा शुभकामना दिएका छन् । साथै अध्यक्ष उप्रेतीले यस्ता खालका अवार्डले स्वयंसेवकहरूलाई अझ थप प्रोत्साहन मिल्ने धारणा समेत व्यक्त गरेका छन् ।