Logo

मेघनाथ पहाडी

जेष्ठ ४, २०७८ मंगलबार

एनआइसी एशियाद्वारा टोखा चण्डेश्वरी प्रादेशिक अस्पताललाई सहयोग


काठमाडौं । टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीको सक्रियतामा ३ थान अक्सिजन कन्सनट्रेटर मेसिन प्राप्त गर्न नगरपालिका सफल भएको छ । नगर प्रमुखले कोरोना महामारी नियन्त्रणमा सक्रियतापूर्वक खटिएको कामलाई सम्मान गर्दै एनआइसी एशिया बैंकले ३ थान अक्सिजन कन्सनट्रेटर मेसिनसहयोग गरेको हो ।

चण्डेश्वरीको प्रादेशिक अस्पताललाई निरन्तर सञ्चालन गर्नका लागि आवश्यक उपकरणहरु किन्ने र सहयोग लिने कामलाई प्राथमिकता दिँदै आएको टोखा नगरपालिकालाई एनआइसी एशिया बैंक सिइओ रोशन कुमार न्यौपानेले नगर प्रमुख प्रकाश अधिकारीलाई तीन थान ३ थान अक्सीजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेका छन् । सोहि दिन उक्त समानलाई चण्डेश्वरी आइसोलेशनका अनडिउटीका स्वास्थ्यकर्मीलाई नगर प्रमुखले हस्तान्तरण गरेका छन् ।

कोभिड-१९ महामारीलाई ध्यानमा राखेर टोखा नगरपालिकाले स्वास्थ्य सामाग्री संकलन र अक्सीजन प्लान्ट राख्ने कामलाई प्राथमिकता दिइरहेको छ । केही दिनअघि नगर उप-प्रमुख ज्ञानमायाँ डंगोलले “सेभ द चिल्ड्रेन” नामक आइएनजीओबाट ६ लाख ५० हजारको उपकरणहरु लिई प्रदेश अस्पतालमा हस्तान्तरण गरेकी थिइन् ।