Logo

मेघनाथ पहाडी

जेष्ठ ८, २०७८ शनिबार

कोभिड-१९ सङ्क्रमण रोक्न दक्षिणकालीमा पूर्ण बन्दाबन्दी जेठ १५ सम्म थप


काठमाडौं । दक्षिणकाली नगरपालिकाले पूर्ण बन्दाबन्दी सम्बन्धी अत्यन्तै जरुरी सार्वजनिक सूचना जारी गर्दै जेठ १५ गतेसम्म बन्द थपको निणर्य गरेको छ ।

जेठ ७ गते नगर प्रमुख मोहन बस्नेतले जारी गरेको उक्त सूचनामा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को नयाँ भेरीयन्टको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि २०७८ साल जेठ ९ गते आइतबार बेलुका ५ बजे देखि मिति २०७८ साल जेठ १५ गते शनिबार बेलुका ५ बजे सम्मका लागि पूर्ण रुपमा रोक लगाउने भएको हो ।

नगरपालिकाले औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूणर् खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, चिया पसल होटल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरबाट संचालित आयोजनाहरु, सरकारी तथा गैर सरकारी कार्यालय बैंक तथा वित्तीय संस्थाहरु, निजि सम्पूर्ण कार्यालयका सेवाहरु पूर्ण रुपमा बन्दाबन्दी हुने उल्लेख गरेको छ ।

दक्षिणकाली नगरपालिकाको सभाहलमा २०७८ साल जेठ ७ गते नगर प्रमुखको अध्यक्षतामा नगर क्षेत्र भित्रका राजनैतिक दलका प्रतिनिधि जनप्रतिनिधि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी एवं कर्मचारीहरु सहित बसेको बैठकले उक्त निणर्य गरेको हो ।

बन्दाबन्दी हुने स्थानहरु निम्न रहेका छन् :-

१) वडा नं १ को खहरे र भण्डारी गाउ क्षेत्र,
२) वडा नं ३ को पावर हाउस पोखरी (सोखेल) मुनिको क्षेत्र,
३) वडा नं ५ को डोल्लु क्षेत्र,
४) वडा नं ५, ६ र ७ को फर्पिंङ बजार क्षेत्र रहेका छन् ।

खानेपानी ढुवानीका साधन दुग्ध उत्पादन तथा दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीको साधनलाइ स्वास्थ्य सुरक्षा मापदण्ड(ट्यांकर चालकले पीपीइ सहित मास्क स्यानीटाईजर पन्जा आदि) लगायतको पालना गरि संचालन गर्न पाउने छन् ।

उल्लेखित पूर्ण बन्दाबन्दीको अवधि आघिपछि र निषेधाज्ञाको समयावधि भर विश्वभर फैलिदै गइरहेको नयाँ भेरीयन्ट सहितको कोभिड -१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट मिति २०७८ बैशाख २८ गते जारि भएको आदेश बमोजिम कार्यान्वयन गर्ने । पशु पन्छीको दाना कृषि प्रयोजनको बिउबिजन, कृषि उत्पादन, फोहोरमैला बोक्ने सवारीसाधनलाइ पूर्ण बन्दाबन्दी अवधिभर स्वास्थ्य सुरक्षा मापदण्ड (चालकले पीपीइ सहित मास्क स्यानीटाईजर पन्जा आदि) पालना गरि संचालन गर्न पाउने उल्लेख गरिएको छ ।