Logo

बागमती पेज

जेष्ठ ११, २०७८ मंगलबार

टोखा चंडेश्वरी सहित बागमती प्रदेश भित्रका सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि टेन्डर आव्हान


काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न ७ वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।

बागमती प्रदेश अस्पतालहरु रामेछाप जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, काठमाडौंको टोखा चंडेश्वरी अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेपलान्चोक जिल्ला अस्पताल र सिन्धुपाल्चोक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र अह्वान गरिएको हो ।