Logo

बागमती पेज

जेष्ठ १२, २०७८ बुधबार

चितवनमा समस्या परेकालाई युवा शान्तिदुत नेपाल सहितको खाजा बाड्ने अभियान


चितवन । चितवन जिल्ला भर हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार विरुद्वको महाअभियान भन्ने संस्थाले केही दिन देखि सडकमा बस्ने बेवारिसे, असाय तथा देश र जनताका लागि सधै भरि ड्युटिमा खटिने सुरक्षा कर्मीहरुलाई खाजा खुवाउने अभियान चलाएका छन् ।

पुलचोक देखि चौविसकोटी हुँदै हाकिम चोक-जिल्ला प्रशासन कार्यालय भई मालपोत, आंपटारी लगायतका क्षेत्रमा खाजा बाड्ने गरी सोहि अभियानका सन्दिप बुर्लाकोटीले जानकारि दिएका छन् ।

कोरोना माहामारीका कारण गरिएको यस निषेधाज्ञाको समयमा कोहि भोका नहुन भन्ने उदेश्यले यो अभियान चलाएको अभियान शान्तिदुतका संयोजक नेपालको समेत अगुवाई रहेको थियो ।

यो अभियानले सबै नेपालिहरुमा जनचेतनाको मार्ग दर्शक बनोस भन्ने उदेश्य लिएर युवाहरुले आफुहरु जहाँ भए पनि यो अभियानमा हातेमालो गर्न समेत अपिल गरेको सामाजिक अभियानमा सकृय डिलकुमारि नेपालको भनाई छ ।

यस्तो अभियान सधै एकै थलोमा गर्दा अरु क्षेत्रका पनि मानवहरु भोका हुने हुनाले सजिलो होस् भन्ने उदेश्यले यस अभियानमा लाग्नु पर्ने नारन बरालले बताए ।