Logo

बागमती पेज

जेष्ठ १४, २०७८ शुक्रबार

तारकेश्वरको साङ्ला आइसोलेशन केन्द्रलाई लायन्स क्लबको स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । तारकेश्वर नगरपालिका-१ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित आइसोलेशनलाई लायन्स क्लबले स्वास्थ्य सामग्री प्रदान गरेको छ । बिहिबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ ले साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनका लागि करिव ५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री अन्तर्गत अक्सीजन कन्सनट्रेटर ४ थान, अक्सीजन रेगुलेटर १५ पिस, अक्सीमिटर ५ पिस, दुई पिस फोल्डीङ बेड र युरोगार्ड लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गतका क्लव र सदस्यहरुको सहयोगमा उठेको रकमबाट तारकेश्वर नगरपालिकाको आइसोलेसन केन्द्रमा स्वास्थ्य सामाग्रीहरु एक कार्यक्रमका बीच नगर प्रमुख रामेश्वर बोहोरालाइ हस्तान्तरण गरिएको थियो ।

नेपालमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएसँगै संक्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य सामग्री प्रदान गरेको लायन्स क्लबले जनाएको छ । स्वास्थ्य सामाग्री बुझ्दै नगर प्रमुख रामेश्वर बोहोराले कोभिड-१९ महामारीको समयमा विभिन्न किसिमका स्वास्थ्य सामग्री उपलब्ध गराउने सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए ।