Logo

बागमती पेज

जेष्ठ १७, २०७८ सोमबार

सामूहिक सरोकार समाजद्वारा फिक्कललाई १५ थान अक्सिजन सहयोग


सिन्धुली । सामूहिक सरोकार समाज सिन्धुलीले फिक्कल गाउँपालिकालाई अक्सिजन सहितको सिलिन्डर सहयोग गरेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीको सिफारिस अनुसार गाउँपालिकालाई सामूहिक सरोकार समाजले १५ थान अक्सिजन सहितको सिलिन्डर सहयोग गरेको हो ।

नेपाल र्‍यापिड एक्सन टास्कफोर्स (C19–RAT) समुहको सहजिकरण, क्रियशन नेपाल काठमाडौंको सहयोग तथा सामूहिक सरोकार समाज (CCS) सिन्धुलीको समन्वयमा उक्त अक्सिजन सहयोग गरिएको संस्थाका अध्यक्ष नवराज पहाडीले बागमती पेजलाई जानकारी दिएका छन् ।

अध्यक्ष पहाडीका अनुसार फिक्कल गाउँपालिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या बढ्दै गएको र पालिकामा अक्सिजनको अभाव हुँन नदिन क्रीयशन नेपाल काठमाडौंको सहयोगमा अक्सिजन सिलिन्डर सहयोग गरिएको हो । उनका अनुसार थप पाँच थान रेगुलेटर समेत सहयोग गरिएको थियो ।

फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले पालिकामा अक्सिजनको समस्या हुने हुँदा यो महत्वपूणर् सहयोग रहेको छ, कसैले सहयोग गर्न चाहानु हुन्छ भने पालिकालाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री लागायतका अन्य सहयोग गर्न सक्नुहुनेछ ।