Logo

बागमती पेज

जेष्ठ २१, २०७८ शुक्रबार

चम्पादेवी गाउँपालिकामा ३५ लाख बराबरको स्वास्थ्य सामग्री ल्याईयो


ओखढुंगा । चम्पादेवी गाउँपालिका र हाम्रो टिम नेपालको संयुक्त पहलमा आज चम्पादेवी १० रानिवन प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री ल्याईएको छ । उक्त स्वास्थ्य सामग्री चम्पादेवी गाउँपालिका अध्यक्ष नबराज केसिलाई हाम्रो टिम नेपालले हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्री ३५ लाख रकम बराबरको रहेको चम्पादेवी अध्यक्ष केसिले बागमती पेजलाई जनाएका छन् । उक्त स्वास्थ्य समाग्री चम्पादेविको भूगोल सम्म ल्याएर सहयोग गर्नु भएकोमा हाम्रो टिम नेपालका आदरणीय व्यक्तित्व पौडेल सुजन, नीर वहादुर बुढाथोकी र अनिल बुढाथोकीलाई अध्यक्ष केसिले धन्यवाद व्यक्त गरे ।

विद्युतिय अक्सिजन मेसिन ८ वटा, पिपि सेट १५० थान, थर्मल गन २ वटा, अक्सोमिटर ४ थान, डिकोल, सिटामोल, मास्क, थर्मोमिटर लगएतका स्वास्थ्य सामाग्री ल्याईएको जानकारी प्राथमिक स्वास्थ्य केन्द्र रानिवनका जनस्वास्थ्य निरीक्षक मदन कार्किले बताएका छन् ।