Logo

मेघनाथ पहाडी

जेष्ठ २४, २०७८ सोमबार

विकास निर्माणका योजना निरीक्षणमा महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ मा रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं ४ र ६ मा निर्माण भैरहेका विभिन्न विकास निर्माणका योजनाहरुको निरीक्षण गरेका छन् ।

महासचिव पोखरेलले सो अवसरमा वडा नं ४ को कार्यालय अगाडि देखि कपुरचोक-गोरखाली पुलसम्मको सडक कालोपत्रे योजना सहित अन्य स्थानका विकास निर्माणका योजनाहरुको निरीक्षण गरेका थिए ।

काठमाडौं क्षेत्र नं ५ का १५ वटै वडाहरुमा भैरहेका योजनाहरुको निरिक्षण गर्ने क्रममा बुढानिलकण्ठ पुगेका महासचिव पोखरेलले स्थानीयहरु संग अन्तरक्रिया गर्दै आवश्यक मागको समेत चासो व्यक्त गरे ।

निरीक्षणमा नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल, बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडाध्यक्ष नबिन केसी, सदस्य नानु खड्का श्रेष्ठ, नेकपा वडा नं ४ की अध्यक्ष कमला पन्त, मदन भण्डारी फाउण्डेशन बुढानिलकण्ठका अध्यक्ष कैलाश खड्का लगायतको उपस्थिति रहेको थियो ।