Logo

बागमती पेज

जेष्ठ २९, २०७८ शनिबार

एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द


काठमाडौं । क्रिस्टियन एरिक्सन मैदानमा नै ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ ।

युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।

शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।

तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर लगिएको थियो । टेलिभिजन फुटेजमा उनको छातीमा मेडिकल टिमले दबाब (सीपीआर) दिइरहेको देख्न सकिन्थ्यो । उनका समकक्षी र मैदानमा उपस्थित दर्शक स्तब्ध देखिन्थे ।