Logo

बागमती पेज

जेष्ठ ३०, २०७८ आईतबार

गोकर्णेश्वर नगरपालिकास्थित नयाँपाटीमा लायन्स क्लबद्धारा आकस्मिक रक्तदान सम्पन्न


लायन्स क्लबले गोकर्णेश्वर नगरपालिका वडा नं. २ नयाँपाटीमा आकस्मित रक्तदान सम्पन्न गरेको मछ । हिजो शनिबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ सुन्दरीजल, लायन्स क्लब अफ काठमाडौं नयांपाटी भिक्टोरियस, लायन्स क्लब अफ काठमाडौं नयाँपाटी फ्रेन्ड्स, लायन्स क्लब अफ काठमाडौं राइजिंग सन ,तथा गरिब तथा अनाथ बालबालिकाहरुका लागि सहयोगी हातहरुको संयुक्त आयोजनामा आकस्मिक रक्तदान भएको हो ।

कोरोनाबाट बच्न पूर्ण सावधानीका विधिहरु अपनाएर सुरक्षित तवरबाट कान्तिपुर अस्पताल रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा बिहान ९ बजेदखि अपरान्ह १ बजेसम्म चलेको उक्त रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको बताइएको छ ।

छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल अवस्थामा पनि धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ५२ जनाले मात्र रक्तदान गरेको बताइएको छ । । कार्यक्रममा लायन्स लिडर तथा सदस्यहरुले स्वयम सेवकको भूमिका खेलेका थिए ।