Logo

बागमती पेज

जेष्ठ ३१, २०७८ सोमबार

कोभिड व्यवस्थापनलाई माओवादी केन्द्रद्वारा स्वास्थ्य सामग्री सहयोग


सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीले जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष राजन दाहालले प्रमुख जिल्ला अधिकारी एवं डिसिसिएमसिका अध्यक्ष सुरेश न्यौपानेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष दाहालले कोरोना सङ्क्रमणबाट जोगिन आफै सचेत हुन आवश्यक रहेको बताए । उनले पार्टीको तर्फबाट यो पहिलो चरणको सहयोग गरिएको जानकारी गराउँदै आवश्यक परेमा अन्य सहयोग गर्न पहल गर्ने धारणा व्यक्त गरे ।

हामी एकताबद्ध भएर कोरोना सँगको लडाईमा छौं उनले भने, जिल्लामा सबै निकायहरुको समन्वयात्मक भुमिकाले अरु जिल्लाको तुलनामा कम संक्रमण हुन र सिन्धुलीमा कोरोना भाईरस नियन्त्रण र रोकथामका लागि सहज भएको छ ।

प्रमुख जल्लाि अधकािरी तथा डिसिसिएमसिका अध्यक्ष सुरेश न्यौपानेले जिल्लाका सबै सरकारी गैरसरकारी संस्थाहरु, सम्पुणर् राजनीतिक पार्टीहरु, संचारकर्मीहरु सबै कोरोना विरुद्धको अभियानमा लागेको बताए । सकेसम्म कोरोना नियन्त्रण र रोकथामका लागि सक्दो पहल गरेको जानकारी गराए । उनले सबै पालिकाहरुसँग समन्वय गरेर काम गर्दै आएको बताए ।

माओवादी केन्द्र सिन्धुलीले मास्क (एन-९०) ९६० पिस, एन्टिजेन टेष्ट १० थान, थर्मल गन १ थान, अक्सिमिटर १० थान, पीपीइ सेट १० थान, सर्जिकल मास्क ५०० थान र सर्जिकल पि.पि.ई, गाउन ५ थान लगायतका स्वास्थ्य समाग्री सहयोग गरिएको थियो ।