Logo

बागमती पेज

जेष्ठ ३१, २०७८ सोमबार

उपत्यकामा थपियो एक हप्ता निषेधाज्ञा, पुस्तक र हार्डवेयर पसल पनि खुल्ने


उपत्यकामा थप एक साताको लागि निषेधाज्ञा थपिएको छ । आजसम्म अर्थात जेठ ३१ सम्म लगाइएको निषेधाज्ञालाई थप १ साता बढाउने निर्णय भएको छ ।

केहीदिन देखि कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ । तर कोरोनाको जोखिम पूर्णरुपले नघटिसकेकाले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप १ साता लम्ब्याउने निर्णय गरेको हो ।

यद्यपि संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिने छ । अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।

शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरिएको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।