Logo

बागमती पेज

असार ४, २०७८ शुक्रबार

बागमती प्रदेश सरकारको टोखा चंडेश्वरी प्रदेश अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग


टोखा चंडेश्वरी प्रदेश अस्पताललाई बागमती प्रदेश सरकारले स्वास्थ्य सामाग्री सहयोग गरेको छ। काठमाण्डौ क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य दीपक निरौलाले उक्त सहयोग सामाग्री टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई हस्तान्तरण गरेका थिए।

उक्त स्वास्थ्य सामाग्री टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलको लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

काठमाडौँ जिल्लामा प्रदेश अस्पतालका रुपमा विकास गरिएको टोखा चंडेश्वरी प्रदेश अस्पताललाई भौतिक ,प्राविधिक र अन्य विकासका लागि प्रदेश सरकारले विशेष सहयोग गर्ने बताउँदै निरौलाले प्रदेसका अन्य अस्पतालहरुलाई पनि सहयोग गरीएको जानकारी दिएका छन्।