Logo

बागमती पेज

असार ५, २०७८ शनिबार

भक्तपुरमा इँटा भट्टाको खाल्डोमा भेटियो १० बर्षिय बालकको शव


भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक जना १० बर्षियाबालकको शव भेटिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका छोरा रोजनको शव भेटिएको हो ।

शुक्रबार अन्दाजी ११ः०० बजेको बालक हराएपछि उनको खोजी सुरु भएको थियो । उनी सधैँजसो गइरहने साथीहरुसँग सम्पर्क गर्दा पनि उनी नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बि.एम इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताए ।

अहिले बालकको शवलाई पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डीएसपी गिरीले जानकारी दिए ।