Logo

बागमती पेज

असार ६, २०७८ आईतबार

करिब २ अर्ब ४ करोडको बजेट ल्याउँदै कागेश्वरी मनोहरा नगरपालिका


कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि करिब २ अर्ब ४ करोड बराबरको बजेट ल्याउने भएको छ ।

नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको कागेश्वरी मनोहरा नगरपालिकाको ७२ औं नगर कार्यपालिकाको बैठकले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि २ अर्ब ३ करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँको बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिका बैठकले विभिन्न विषयगत शाखाहरुबाट पेश हुन आएका कार्यक्रम र बिगतका बर्षहरुमा नगर सभाबाट पारित भई कार्यान्वयनमा रहेका कार्यक्रमलाई समेटी विनियोजन बजेटका आधारमा नीति तथा कार्यक्रम अनुमोदनका लागि नगर सभामा पेश गर्ने निर्णय गरेको जानकारी प्राप्त छ ।

नगर कार्यपालिका बैठकमा प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, नगर प्रवक्ता राजाराम पुडासैनी लगायत वडा अध्यक्षहरु र नगर कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।